डाँस खोला र मोरङ्गी खोलाको अनुगमन् - Crazysaptahik.com

डाँस खोला र मोरङ्गी खोलाको अनुगमन्

क्रेजी साप्ताहिक
पथरी । संघीय सरकारको दीर्घकालीन तटवन्ध कार्यक्रम अन्तर्गत कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले मोरङको पथरी शनिश्चरे, कानेपोखरी सहितका क्षेत्र हुँदै वग्ने डाँस खोलाको अनुगमन् भएको छ ।

शुक्रबार पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, नगरका इन्जिनियर कृष्णप्रसाद कोइराला सहित कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरबाट डिभिजन इन्जिनियर सहभागि टोलीले नगर क्षेत्रमा डाँस खोलाको अवस्थाको अनुगमन् गरेको हो ।

आयोजनाको टोलीले यसअघि प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारी, नगर प्रमुख राई सहितको टोलीले बक्राहा खोलाको पनि उसैगरी अनुगमन् गरेको थियो । सरकारले पथरी शनिश्चरे, उर्लावारी, मिक्लाजुङ, सुनवर्षी सहितका पालिका हुँदै वग्ने बक्राहा तथा डाँस खोलाको दीर्घकालिन तटवन्धको कार्यक्रम यस आर्थिक वर्षबाट सुरु गर्ने योजना तय गरेको छ ।

यस्तै, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, वडा सदस्य अनोज घिमिरे सहितको टोलीले आज मोरङ्गी खोलाको बाढीले क्षति पुर्याउन थालेको वडा नम्वर १० मा अवस्थित जिरिखिम्तीका २ स्थानमा अनुगमन् गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.