पथरी शनिश्चरेमा औषधिको अवस्थाका बारेमा अनुगमन् - Crazysaptahik.com

पथरी शनिश्चरेमा औषधिको अवस्थाका बारेमा अनुगमन्

क्रेजी साप्ताहिक

पथरी l मोरङको पथरी शनिश्चरे नगरबाट आफ्नो मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क रुपमा प्रदान गरिने औषधिहरुको अवस्थाका बारेमा नगरको अनुगमन् समितिले अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले आज नगरको स्वास्थ्य शाखाका कर्मचारीलाई भेटी खरिद भएका विभिन्न प्रकारका औषधिका सवै पक्षका बारेमा जानकारी लिएको हो ।

यस्तै, अनुगमन् समितिले प्रदेश सरकार र नगरको सम्पन्न योजनाहरुको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको छ । जसमा वडा नम्वर १० र ८ लगायतका योजनाहरु रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.