काठमाडौं । विदेशवाट गर्भवती अवस्थामा आएकी महिलाले शिशु जन्माएपछि आफुसंग राख्न समस्या हुने महशुष गरेर बालगृहमा बुझाइन् । उनले परिवारका सदस्यलाई पनि शिशुका बारेमा नबताएका कारण जन्मदिएको बच्चालाई आफुसंग राख्न सकिनन् । त्यसैले बालगृहलाई बच्चा जिम्मा लगाइन् । तर बालगृहले भने त्यही बच्चालाई लावारिस फेला पारेको भन्दै मिडियामा प्रचारवाजी गरेको खुलेको छ ।
आफुले बालगृहमा जिम्मा दिएको बच्चालाई कार्टुनमा राखेर फालेको अवस्थामा फेला पारेको भन्दै मिडियावाजी गरेपछि बच्चाको आमाले बालगृह पुगेर बच्चा आफुलाई दिन माग गरेको नाटक गरीन् । बच्चाको न्वारन भइसकेपछि उक्त घटनाको बारेमा रहस्य खुलेको हो । साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्विर भाइरल भएको थियो । कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा शिशु फेला परेको भन्दै सामाजिक सञ्जालमा क्षण भरमै भाइरल बन्यो उक्त तस्विर र भिडियो ।
केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै सबैभन्दा पहिला युटुयुबवरलाई खबर गरिन् । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरीलाई खबर गर्नुपर्नेमा उनले सबैभन्दा पहिला युट्युबवरलाई खबर गरेर बोलाइन् । युट्युबवमा वेवारिसे बच्चा फेला परेको भन्दै भिडियो सार्वजनिक भएपछि सहयोगको ओइरो लाग्यो ।
अहिले सम्म करिब ६ लाख रुपैया जम्मा पनि भइसकेको प्रहरी अनुसन्धानवाट खुलेको छ । पालन पोषणका लागि भन्दै बालगृहमा जिम्मा दिइएको बच्चालाई वेवारिसे भन्दै सडकमा लगेर राखेपछि अहिले बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी हुन् । प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइए पछि, अनुसन्धान थालेको बताएका छन् । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन । उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । घटना सार्वजनिक भएपछि प्रहरीले आमाको दाबी स्वीकार गर्दै बच्चा उनलाई जिम्मा लगाएको छ ।
अहिले बालगृहकी संचालिनका पुष्पामाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ । तर पुष्पाले भने अप्ठेरोमा परेको महिलालाई आफुले सहयोग गरेको दावी गरेकी छन् । उनले आफ्नो पैसा उठाउने कुनै उद्देश्य नभएको बताउँदै आएकी छन् । संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पुष्पाको घरमा पुगे भाग्य न्यौपानेले, दिएको सहयोग रकम फिर्ता मागे,
विस्कुटको कार्टुनमा फेला परेकी बालिकाको बारेमा खेलिएको घृणित खेलमा आफुलाई पनि सहभागी बनाएको थाहा पाएपछि युट्युवर भाग्य न्यौपाने फेरी त्यहाँ गएका छन् । कपनमा एउटा बेवारिसे बालिका फेला परेको भन्दै सबैभन्द पहिला युट्युवर भाग्य न्यौपानेलाई बोलाईएको थियो । उनले बच्चा फेला परेको भन्दै युट्युवमा भिडियो सार्वजनिक गरेका थिए ।
शिशु फेला परेपछि देश विदेशवाट सहयोग रकमको ओइरो लागेको थियो । वेवारिसे अवस्थामा बच्चा फेला परेपछि प्रहरी बोलाउनु पर्ने भएपनि युट्युवरलाई बोलाइएको थियो । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो । बालिकाको आइतवार न्वारन समेत गरिएको छ । तर त्यो घटनाको भित्रि पाटो सार्वजनिक भएपछि युट्युवर न्यौपाने पुगेका थिए । शिशु वेवारिसे फेला परेको भन्दै बालगृहकी संस्थापक पुष्पा अधिकारीले संरक्षणको जिम्मा लिएकी थिइन् । उनको बालगृहमा पुगेका दर्जनौ युट्युवरले भिडियो बनाएका थिए । त्यस पछि देशविदेशवाट सहयोगको ओइरो आउन थाल्यो ।
शिशु भेटिएको सातौं दिनमा अन्तत नयाँ रहस्य खुलेको छ । शिशुलाई पैसा कमाउनका लागि त्यसरी जानाजान राखिएको रहस्य खुलेको छ ।
त्यो बच्चालाई जन्मदिने आमासंगको मिलेमतोमा यस्तो गरिएको रहस्य खुलेको हो । उनी केही समय अघि वैदेशिक रोजगारीमा रहेर अलपत्र परेकाहरुलाई चार्टर विमानवाट उद्दार गरिएकी महिला हुन् । उनी गर्भवती अवस्थामा नेपाल आएकी थिइन् । उनले बच्चालाई जन्म दिइन् । तयसपछि यसरी खेल सुरु गरिएको छ ।
काठमाडौंको कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई
कार्टुनमा राखेको खुलासा भएको छ । घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
भिडियो हेर्नहोस्ः