पथरी शनिश्चरेका ९५ जनाको रिपोर्ट नेगेटिभ - Crazysaptahik.com

पथरी शनिश्चरेका ९५ जनाको रिपोर्ट नेगेटिभ

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरेका सञ्चारकर्मी, जनप्रतिनिधि, समाजसेवी, सामुदायिक वनका पदाधिकारी तथा क्वारेन्टिनमा रहेकाको गरी ९५ जनाको कोरोना भाइरसको पीसीआर परीक्षणमा कसैमा पनि कोरोना देखिएको छैन ।

कोभिड अस्पताल विराटनगरको ल्याबबाट आज विहान आएको रिपोर्टमा सवै जनाको कोरोनाको अवस्था नेगेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।

मोरङ सहितका जिल्लामा कोरोना ह्वात्तै बढेकाले स्वाव परीक्षणको संख्या पनि बढेकाले साउन २५ गते पठाएको स्वावको रिपोर्ट आउन केही ढिलो हुन गएको पनि उनले बताए ।

गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागी मध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा नगरपालिकाले स्वाव संकलन गरी ल्याब पठाएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.