युवकको बिभत्स हत्या - Crazysaptahik.com

युवकको बिभत्स हत्या


क्रेजी साप्ताहिक
सुनसरी । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ ।

शनिबार भोक्राहा नरसिंह गाउँपालिकाका २१ वर्षीय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका सुनसरीले जनाएको छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.