मोटरसाइकल नदीमा खस्दा एकजनाको मृत्यु, एक बेपत्ता - Crazysaptahik.com

मोटरसाइकल नदीमा खस्दा एकजनाको मृत्यु, एक बेपत्ता

तुलसीपुर- सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् ।

लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति लगभग ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जनाए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने, मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका हुन । बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.