
क्रेजी साप्ताहिक
रंगेली । लकडाउन कडाई गर्ने क्रममा मोरङको रंगेली– ५ का स्थानीयहरु माथि लाठीचार्ज भएको छ ।
पछिल्लो समय संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिँदै गएपनि लकडाउन उल्लङघन हुने क्रम नरोकिएपछि प्रहरीले कडाई गर्दै लाठी चार्ज गरेको हो ।
प्रहरीले अत्यावश्यक सेवा बाहेकका पसलहरु बन्द गराउने क्रममा स्थानीयहरु आवेशमा आएपछि लाठीचार्ज गरेको हो । आक्रोशित ३ सय बढी स्थानीयहरुले मंगलबार राति आमगाछी प्रहरी चौकी (ख) घेराउ गरेका थिए ।
प्रहरीले ज्यादती गरेको स्थानीयको आरोप छ । स्थानीय र प्रहरीको झडपमा आमगाछी प्रहरी चौकीका सई सन्तोष यादवको टाउकोमा समेत चोट लागेको जनाईएको छ ।
कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको थियो । परिस्थिति नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । रंगेलीमा मंगलबार मात्रै ५ महिला र ४ पुरुष गरी ९ जनामा कोरोना पुष्टी भइरहेको छ ।

