भोलीदेखि पथरीमा ‘फुड बैंक’ सुरू - Crazysaptahik.com

भोलीदेखि पथरीमा ‘फुड बैंक’ सुरू

क्रेजी साप्ताहिक
पथरी । लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा भोलीदेखि ‘फुड बैंक’ सुरु हुने भएको छ ।

हाम्रो फाउण्डेशन, गरिमा अनलाइन टेलिभिजन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैंक’ सुरु हुने भएको हो ।

भोलीदेखि खाद्यान्न सहयोग प्रदान गर्नका लागि वडा नम्वर १० मा अवस्थित वडा कार्यालय अगाडि बैंकका रुपमा खाद्यान्न सामग्री राख्ने स्थान (स्टल) निर्माण भएको छ । लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नून सहितको प्याकेट उपलब्ध गराइनेछ ।

‘हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने नाराका साथ अभियानमा युवाहरू जुटेका छन् । यस किसिमले सहयोगको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको राहत प्रदान गर्ने काम थालिने अभियानका एक सदस्य सुमन कुरुङवाङले बताए ।

यस किसिमले बैंकको अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरी शनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खाने तेल उपलब्ध गराएको छ । १० नम्वरका वडाध्यक्ष सागर राई, इश्वर फार्मेसीका इश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिंकका राजन तिम्सिनाले १÷१ सय केजी चामल प्रदान गरेका छन् ।

यसैगरी, ७ नम्वर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदिप फूयाँल तथा सञ्जय राईबाट ५०,५० केजी चामल प्रदान भएको छ । क्यापरोज मन्टेश्वरीकी शर्मिला वाइवाले ५० केजी चामल र २० केजी दाल, लक्ष्मी भट्टराईले ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईले ५० केजी चामल र १० लिटर तेल उपलब्ध गराएकी छन् ।

यसका साथै उर्लाबारीमा अवस्थित कृषालय एग्रोग्रेट प्रालिले उक्त अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले १० नम्वर वडास्थित ‘प्रहरीको साथी म’ लाई निःशुल्क बिमा गरिदिने भएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.