पथरी शनिश्चरेमा तत्काललाई लकडाउन हटाइयो - Crazysaptahik.com

पथरी शनिश्चरेमा तत्काललाई लकडाउन हटाइयो

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरमा जारी राखिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि तत्काललाई हटाइएको छ ।

कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आज (शनिबार) बसेको बैठकले लकडाउनले मानिसहरुको गतिविधिमा असहजता उत्पन्न गरेकाले स्वास्थ्य सतर्कता चाहिं सधैं अपनाउन आव्हान गर्दै तत्काललाई लकडाउन हटाउने निर्णय गरेको हो ।

समुदायस्तरमा केही मात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप नगरवासीको दिनचर्या रहनु पर्नेमा जोड दिइएको छ ।

अनिर्वाय रुपमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी अर्काे सूचना नभएसम्मका लागि भोलीबाट सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको नगर प्रमुख एवम समन्वय समितिका संयोजक दिलीपकुमार राई (किशोर)ले बताउनुभयो । व्यापार, व्यवसाय साँझ ७ बजेसम्म मात्र खुला गर्नुपर्ने पनि उल्लेख भएको छ ।

स्वास्थ्य सतर्कता नअपनाएमा नियमानुसार कारवाही गरिने तथा अपरिचत व्यक्ति नगरमा प्रवेश गरेको पाइए प्रहरीलाई जानकारी गराउने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.