पथरी नगर कार्यपालिका बैठक सम्पन्न - Crazysaptahik.com

पथरी नगर कार्यपालिका बैठक सम्पन्न

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी नगर कार्यपालिकाको सोमबारको बैठकले शिक्षक दरवन्दी मिलान सहितका विषयमा निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगरका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सम्वन्धि तयार कार्यरुपलाई अनुमोदन गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।

बैैठकले, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाउँदै जानुपर्ने कुरा निर्णय गरेको छ । कार्यपालिकाको अघिल्लो बैठकमा स्थानीय कामदारको ज्याला दररेट निर्धारण, जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना बिमा गर्ने साथै दोहोलु शुक्रबारे, बुद्धमार्ग, रजतजयन्ती मार्ग कालोपत्रे तथा बुद्धमावि भवन निर्माण सम्वन्धी बोलपत्र निकाल्ने निर्णय भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.