पोचेटिनोले भने – बार्सिलोना होइन रियल मड्रिड मेरो सपना हो - Crazysaptahik.com

पोचेटिनोले भने – बार्सिलोना होइन रियल मड्रिड मेरो सपना हो

प्रिमियर लिग क्लब टोटनहम हट्सपरका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनोले अहिलेको अध्यक्ष कायम रहेसम्म क्याटलान क्लब बार्सिलोनामा आफूले प्रशिक्षण गर्नेबारे नसोचेको खुलासा गरेका छन् ।

पोचेटिनोले ला लिगा क्लब बार्सिलोनाबाट आफूलाई कुनै प्रस्ताव नआएको समेत बताएका छन् । साथै उनले ला लिगाकै रियल मड्रिड आफ्नो सपना भएको बताए ।

किके सेटिएनलाई बार्सिलोनाले बर्खास्त गरेपछि क्याम्प नोउमा पोचेटिनो प्रशिक्षक बनेर जान सक्ने चर्चा चलेको थियो । तर स्पानिस जायन्ट बार्सिलोनाले क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमनलाई प्रशिक्षक नियुक्त गरिसकेका छन् ।

अर्जेन्टाइन प्रशिक्षक पोचेटिनो गत नोभेम्बरमा टोटनहम छाडेपछि कामविहीन छन् ।

बार्सिलोनासँग नाम जोडिएको बारे सोध्दा उनले अफर नै नआएको खुलासा गरेका हुन् । ‘मलाई बार्साको कोचका लागि उनीहरुले अफर गरेका छैनन्,’ पोचेटिनोले मार्कालाई भने, ‘अध्यक्ष जोसेफ मारिया बार्तामेउसँग मैले आफूलाई देखेको छैन ।’

उनले लामो समयदेखि आफूहरु साथी रहेकोले रामोन प्लान्ससँगै बसेर खाएको बताए । सन् २००९ मा स्पानयोलका लागि अनुबन्ध भएपछि नै आफूहरु साथी भएको उनले बताए ।

पोचेटिनोले बार्सालाई प्रशिक्षण दिनसक्ने बारे ढोका खोलेका थिए । स्पानयोलको प्रशिक्षक बनिसकेका पोचेटिनोले क्याम्प नोउमा प्रशिक्षक बनेर नजाने समेत बताएका थिए ।

पोचेटिनोको नाम लिग वान क्लब पेरिस सेन्ट जर्मने इटालियन क्लब युभेन्ट्स र इन्टरसँग पनि जोडिएको थियो । पेरिस थोमस टुचाले नै निरन्तरता पाउँदा पूर्वखेलाडी आन्द्रे पिर्लो युभेन्ट्समा फर्किए भने एन्टोनिओ कोन्टे पनि इन्टरमा निरन्तरता पाउनेमा रहे ।

पोचेटिनोले यी तीनै क्लबले आफूलाई प्रस्ताव नगरेको समेत बताए । उनले भने, ‘मलाई बेनफिका र मोनाकोबाट कल आएको थियो । मैले झुटो बोल्नु आवश्यक छैन ।’

पोचेटिनोले सन् १०१८ मा रियल मड्रिडलाई त्यागे र त्यस समयमा प्रिमियर लिग टोटेनहमसँग उनको सम्झौताको सम्मान गर्ने निर्णय गरे ।

मड्रिडले पोचेटिनोलाई जिनेदिन जिदानको उत्तराधिकारीको रुपमा राख्ने प्रयसा गरेको थियो । मड्रिडको बारेमा फेरि सोध्दा पोचेटिनोले भने । ‘मलाई थाहा छैन मैले कुनै बेला मड्रिडको प्रशिक्षक बन्नेछु तर निश्चय नै यो मेरो सपना हो,’ उनले भने, ‘यदि यो उत्कृष्ट क्लब होइन भने विश्वकै उत्कृष्टमध्ये एक क्लब हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.