मौलिकको उदासै छ कि...सार्वजनिक(भिडियो सहित) - Crazysaptahik.com

मौलिकको उदासै छ कि…सार्वजनिक(भिडियो सहित)

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि… बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङफेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो ।

जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु जोडिले आफ्नै घरगृहस्थी चलाई रहेपनि मायालुको सम्झनामा कसरी पीडा हुन्छ? भन्ने कुरा उजागर गर्न खोजिएको म्यूजिक भिडियोमा कलाकारहरु देशराज नेम्बाङ, गंगा लिम्बु, सुरज जबेगु, सुमी जंग राना र दियाना आङ्देम्बे फियाकको अभिनय देख्न सकिन्छ । भिडियो ५ मिनेट ५३ सेकेन्टको रहेको छ ।

विगत लामो समयदेखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै सामाजिक सचेतना अभियानमा सरिक हुदै आएको मौलिक टिभी युनिटले यसपटक म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

भिडियो हेनुहोस्…

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.