अपाङ्गता परिचयपत्रका लागि घर घरमा उपप्रमुख - Crazysaptahik.com

अपाङ्गता परिचयपत्रका लागि घर घरमा उपप्रमुख

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गताको सिकार भई कार्यालयमा आउन नसक्नेहरुका लागि घर घरमा गएर शारीरिक तथा बौद्धिकताको अवस्था जाँच गरी परिचयपत्र वितरण गर्ने क्रममा विहिबार वडा नम्वर ५ का ६ जनाको जाँच गरिएको छ ।

नगर उपप्रमुख एवम् नगरको अपाङग परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोला, अस्पतालका डाक्टर सावन मेहता, स्थानीय जनप्रतिनिधि तथा महिला तथा बालबालिका शाखाका कर्मचारीहरुको टोलीले अपाङ्गताभएकाहरुको घरमा पुगेर उनीहरुको अवस्था जाँचबुझ गरेको हो ।

उनीहरुको अवस्थाका बारेमा जाँचेर कुन वर्गको परिचयपत्र पाउने भन्ने यकिन गरेको तथा परिचयपत्र निर्माण गरी वितरण गर्दै जाने समितिकी सदस्य सचिव एवम् महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले बताउनुभयो ।

जसमा नयाँ परिचयपत्र बनाउने तथा पुरानो परिचयपत्र भएकाहरुको अवस्थाका बारेमा जाँचबुझ भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.