पथरीमा रेविज सप्ताहमा निःशुल्क खोप - Crazysaptahik.com

पथरीमा रेविज सप्ताहमा निःशुल्क खोप

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले विश्व रेविज सप्ताह अन्तर्गत नगरमा निःशुल्क रेविज खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ ।

नगरको पशुपंक्षी शाखाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र विराटनगरको प्राविधिक सहयोगमा वडा नम्वर ६ मा रहेको पशुसेवा केन्द्र मंगलबारेमा कुकुर, विरालो सहितका पशुलाई रेविज विरुद्ध निःशुल्क खोप लगाउने कार्यक्रम अघि बढाएको छ ।

‘प्राणघातक रेविज रोगलाई बुझौं, आआफ्ना घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको खोप लगाऔं र यसलाई परास्त गरौं’ भन्ने अभियान सहित असोज १२ गतेसम्म खोप सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । खोप विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.