सवै जाति र धर्मको एकताबाट नगरको विकास हुने– बिष्ट - Crazysaptahik.com

सवै जाति र धर्मको एकताबाट नगरको विकास हुने– बिष्ट

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सवै जाति र धर्मको एकताबाट मात्र नगरको विकास हुने बताउनु भएको छ ।

उपप्रमुख वास्तोलाले आइतबार वडा नम्वर ६ को कुँडामा अवस्थित शिव पञ्चायन मन्दिरको पाँचौं बार्षिक साधारसभामा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । उहाँले नगरको चौतर्फी विकासका लागि सवै पक्षको सहयोग आवश्यक पर्ने कुरा बताउँदै नगरले गरेका गतिविधिका बारेमा संक्षिप्त जानकारी गराउनु भयो ।

उपप्रमुख वास्तोला संयोजक रहेको नगरको न्यायिक समितिमार्फत ४ नम्वर वडाको किर्तिपुरस्थित एक महिलालाई पुनःस्थापित गराइ स्थानीयको समन्वयमा व्यवसायिक कार्य थालनी गराउने काममा समेत उहाँले सहजिकरण गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.