
क्रेजी साप्ताहिक
दमक । झापामा पटका सहित अटो चालक पक्राउ परेका छन् । भद्रपुर–३ पैतिस लाईनमा अवस्थित एरियाबाट अतिसबाजी ९पटका० सहित अटो चालक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिइएको थियो ।
अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटक र अटो सहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

