१९ वर्षीया इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि - Crazysaptahik.com

१९ वर्षीया इगाले जितिन् फ्रेन्च ओपन टेनिसको उपाधि

 

फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन् । अमेरिकाकी सोफिया केनिनलाई सीधा सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन् । फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन् । जितपछि इगाले भनिन्, ‘म यति धेरै खुसी छु कि कारण नै थाहा पाइरहेको छैन । यस्तो लाग्छ समय तीव्र रुपमा परिवर्तन भइरहेको छ ।’ इगा बिगत तीन दशकयता सबैभन्दा कम उमेरमा यो ग्राण्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेकि छन् । इगाभन्दा अगाडि सन् १९९२ मा १८ वर्षकी मोनिका सेलेसले फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.