- ईस्वर दुलाल
नेपाली गीत संगीतमा धेरै नै रुचाईएका राई इज किङ नामले परिचित गायक राजेश पायल राईको आवाजमा ‘अतित सम्झी…’ बोलको गजल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।
प्रेमिकाले मायामा धोका दिएर अर्कोसँग विवाह गरेको तथा प्रेमिकाको सिउँदोमा सिन्दुर हाल्दै गरेको दृश्य देख्दाको पीडालाई गीतको शब्दमा समेटिएको छ । हाल कर्मथलो अमेरिकालाई बनाउदै आउनुभएका रोस्मन राईको युट्युब च्यानल भिडियो नेपाल टिभीबाट सो भिडियो सार्वजनिक भएको हो ।
राजेश पायल राईले धेरै वर्षपछि गजल गीत गाएका हुन् । उनेले गीत रेकर्डिङको समयमा आफ्नो अफिसियल फेसबुक मार्फत् प्रत्यक्ष प्रसारणमा भनेका छन्– ‘धेरै वर्ष पछि मेरो आवाजमा गजल गीत रेकर्ड गर्ने अवसर मिल्यो । शब्द साह्रै मन छुने छ । आशा छ यसलाई हजुरहरुले मायाँ गर्नुहुनेछ ।’
सो गजल गीतमा देव गुरुङको संगीत, मोहन सापकोटा शब्द, नर्बु सेर्पाको एरेन्ज, मित्र लामाले रेकर्डिङ/मिक्सीङ/मास्टरीङ गरेका छन् । संगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गीतलाई भूपेन्द्र लिम्बुले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन् ।
क्रेजी साप्ताहिकसँगको कुराकानीमा संगीतकार गुरुङ्ले भनेका छन्, –यो गजल बनाउँदा निक्कै मिठो संयोग छ । पथरीबाट प्रकाशनमा आउने मोफसल साप्ताहिक पत्रिकामा भेटिएको सो गजल मोहन अस्ताचल नामबाट प्रकाशन भएको थियो । उक्त गजल प्रकाशन गरेको लगभग २ बर्ष सम्म गजलकारलाई भेट्न खोज्दा भेट्न सकिन । सायद उहाँको पूरा नाम नभएर पनि होला । पछि झापा तिरका साथीभाइहरु सँगको कुराकानी मार्फत् उहाँको पूरा नाम प्राप्त भयो । उहाँको नाम मोहन सापकोटा रहेछ, हाम्रो भेटभयो । भेटपछि सो गजल गीत कम्पोज भएको लगभग १२/१५ वर्षपछि राजेस पायल राईको आवाज समाबेश गरी गजल सार्वजनिक गरियो ।
भिडियो हेर्नुहोस् :-