हसन्दहमा प्रहरी पोष्टको उद्घाटन - Crazysaptahik.com

हसन्दहमा प्रहरी पोष्टको उद्घाटन

क्रेजी साप्ताहिक
पथरी  l पथरी शनिश्चरे ५ हसन्दहमा विहिबार अस्थाई प्रहरी पोष्टको उद्घाटन् भएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन् गर्नुभएको हो ।

नगरको दक्षिणी भूभागका रुपमा रहेको ५ र ६ नम्वर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि सो पोष्टले सहजता प्रदान गर्ने उहाँहरुले मन्तव्य व्यक्त गर्न भ्याउनुभयो ।

स्थानीय समाजसेवी बलबहादुर निरौलाले प्रहरी पोष्टका लागि तत्कालीन अवस्थामा ५ कठ्ठा २ धुर जग्गा दान गर्नुभएपछि १० वर्ष अघि हसन्दह गाविसले २ कोठे भवन निर्माण गरेको थियो । तर त्यहाँ आवश्यक प्रहरी दरवन्दी व्यवस्थापन नहुँदा भवन मात्र रहेको अवस्थामा नगरपालिका र प्रहरी निकायको लगातारको ताकेतापछि २०७७ मंसिर ४ गते अस्थायी प्रहरी पोष्ट स्वीकृत भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो । त्यसपछि जुनियर प्रहरी अधिकृत ( एएसआई) को कमाण्डमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

नगर क्षेत्रमा डीएसपीको कमाण्डको इलाका प्रहरी कार्यालय, एउटा प्रहरी चौकी, २ वटा शसस्त्र बेस क्याम्प, एउटा नेपाल प्रहरीको बेस क्याम्प रहेको अवस्थामा हसन्दहमा समेत प्रहरी पोष्ट खडा भएपछि सुरक्षा व्यवस्थापनका हिसावले नगर क्षेत्रमा सहजता हुने देखिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.