
क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आज भएको खेलमा टेन नवोदय फुटबल क्लवले विजयी यात्रा सुरु गरेको छ ।
खेलको १५ औं मिनेटमा नवोदयका सेनेहाङ लिम्बुको गोलले जाली चुमेको थियो । खेलमा १–० ले अग्रता लिएको टेन नवोदयले दोस्रो हाफको ८२ औं मिनेटमा घनश्याम चौहानले १ गोल गर्दै नवोदयको जित निश्चित पारेको हो ।
सो खेलमा २–० ले देविगञ्ज एफसीलाई स्तब्ध पार्दै नवोदयले ३ अंक जोड्यो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज जितबाट चुक्यो ।

प्रस्तावित जाँते मोडमा अवस्थित पथरी रंगशालामा आयोजित प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच विजेता टिमका खेलाडी सेनेहाङ लिम्बु घोषित भए । आजको म्यान आफदी म्याच अतिथि वडा नं. १० का अध्यक्ष सागर राईले प्रदान गरेका थिए ।
आइतबार (भोलि)को खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बीच हुने आयोजक कमिटीका सह–संयोजक बिकी राईले जानकारी गराए ।

