सिरिजंगा एफ.सी. सानदार जितसँगै नकआउट चरणमा प्रवेश - Crazysaptahik.com

सिरिजंगा एफ.सी. सानदार जितसँगै नकआउट चरणमा प्रवेश

क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शनिबार) भएको खेलमा आफ्नो अपराजित यात्रालाई कायम गर्दै सिरिजंगा फुटबल क्लब विजयी भएको छ । साथै सिरिजंगा समूह बिजेता बनेको छ ।

सिरिजंगा एफसी लिगको तीनै खेलमा विजयी भई ९ अंक प्राप्त गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । आजको खेलमा हिमाअस हाइवेलाई ३–० को फराकिलो गोल अन्तरले सिरिजंगा एफसीले सानदार जित निकालेको हो ।

खेल सुरु भएको ३७ औं मिनेटमा सिरिजंगाका सफल आङ्बुहाङ लिम्बु र ४५ औं मिनेटमा सनम धिमालले गोल गरेका थिए । दोस्रो हाफको ६९ औं मिनेटमा प्रताप चेम्जोङ लिम्बुले गोल थप्दै टिमलाई ३–० को जित निश्चित गरेका थिए । खेलको सोनालिका म्यान अफ द म्याच बिजेता टिम सिरिजंगाको क्यापटेन सुवास तामाङ घोषित भए ।

आइतबार (भोलि)को खेल वाइजीएफटी र देविगञ्ज एफसी बिच हुने आयोजक समितिका सह–संयोजक बिक्की राईले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.