टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा देविगन्ज विजयी - Crazysaptahik.com

टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा देविगन्ज विजयी

क्रेजी साप्ताहिक
पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को आज (आइतबार)को खेलमा देविगञ्ज फुटबल क्लबले ३–२ गोलअन्तरले जित हात पार्दै विजयी भएको छ ।

यो सँगै लिगबाट देविगन्ज बाहिरिएको छ भने पराजित वाईजीएफटी पनि बाहिरिएको छ ।

आज भएको खेलमा वाईजीएफटीका अभय लिम्बुले खेल सुरु भएको ३ मिनेट बित्न नपाउदै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २४ औं मिनेटमा देविगन्जका गोविन गुरुङले सन्तोष न्यौपानेको पासमा जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

सो बराबरीलाई तोड्दै वाईजीएफटीका रोशन न्यौपानेले खेलको ४४ औं मिनेटमा थप १ गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । तर, सो अग्रता समेत धेरै समय टिक्न सकेन । खेलको ६९ औं मिनेटमा देविगन्जका कप्तान सन्तोष न्यौपानेले थप १ गोल गर्दै खेललाई बराबरीमा ल्याए । सन्तोष न्यौपानेले खेलको अन्तिम मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–१ ले विजयी बनाए ।

 

आजको खेलमा २ गोल गरेका देविगञ्जका सन्तोष न्यौपाने खेलको सोनालिका म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका छन् । लिग चरणको अन्तिम खेल भोलि सोमबार टेन नवोदय फुटबल क्लब र रियल ब्रदर्स फुटबल क्लब विच हुनेछ ।

दुवै टिमले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् भने भोलिको खेल लिगको शीर्ष स्थानका लागि मात्र हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.