
क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत बुधबार भएको खेलमा टेन नवोदय एफ.सी. विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ ।
पहिलो सेमिफाइनल खेलमा सिरिजंगा एफसीलाई १–० गोल अन्तरले हराउँदै टेन नवोदय फाइनल प्रवेश गरेको हो । खेलको २४ औं मिनेटमा टेन नवोदयका रोशन माझीले गोल गरे । माझीले गरेको गोल नै निर्णायक गोल भई नवोदयको विजयी बन्यो ।
खेलको ६ मिनेटमा संजिव कुरुङ्वाङले गरेको उत्कृष्ट फ्रिकिक गोल रक्षक अशोक खत्रीले बिफल बनाइदिएका थिए । ५३ औं मिनेटमा धिरेन विष्टले गरेको फ्रिकिक प्रहार गोलमा परिणत हुन सकेछ । खेलको ७९ औं मिनेटमा सेवेहाङ् लिम्बुले रातो कार्ड पाएपछि टेन नवोदय निकै दवावमा परेको थियो ।
खेल अवधिभर दवावमा देखिएको सिरिजंगाले पाएका केही सुनौला अवसरको सदुपयोग गर्नबाट चुके । खेलको २२ औं मिनेटमा जहरमान लिम्बुले गरेको फ्रिकिक गोल रक्षक अर्जुन बस्नेतले बिफल तुल्याइदिए ।

