इतिहास रच्दै टेन नवोदयले उचाल्यो उपाधि - Crazysaptahik.com

इतिहास रच्दै टेन नवोदयले उचाल्यो उपाधि

क्रेजी साप्ताहिक
पथरी । टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा टेन नवोदय एफ.सी. उपाधि आफ्नो पोल्टामा पारेको छ । र, नवोदयले इतिहास कायम गरेको छ ।

आज भएको फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै टेन नवोदयले उपाधि कब्जा गरेको हो । खेलको ५८ आंै मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्दा द रियल ब्रदर्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो ।

विजेता टेन नवोदयले उपाधिसँगै नगद १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता द रियल ब्रदर्सले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेलको सोनालिका म्यान अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे घोषित भए । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट गोलरक्षक पनि टेन नवोदयका अर्जुन बस्नेत नै घोषित भए ।

यस्तै उत्कृष्ट डिफेन्स द रियल ब्रदर्सका तिर्थराज बस्नेत, उत्कृष्ट मिडफिल्ड सिरिजंंगाका जहरमान लिम्बु, उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी, उदयमान खेलाडी वाईजीएफटीका सञ्जय लिम्बु घोषित भएका छन् । विधागत उपाधि विजेताहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको फेयर प्लेको उपाधि देविगञ्ज फुटबल क्लबले पाएको छ भने उत्कृष्ट प्रशिक्षक विजेता टिम टेन नवोदयका प्रशिक्षक साजन काङ्वा बन्न सफल भए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.