शिवसताक्षीमा धुमधाम चासोक तङ्नाम - Crazysaptahik.com

शिवसताक्षीमा धुमधाम चासोक तङ्नाम

क्रेजी साप्ताहिक
शिवसताक्षी । प्रकृतिपुजक लिम्बु जातिहरुको महान चाड चासोक तङ्नाम पुस १५ गते शिवसताक्षीमा धुमधामका साथ सम्पन्न भएको छ ।

झापाको शिवसताक्षी–७ मिलन चौकमा पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै चुम्लुङ हिम परिषरमा चासोक पूजा गरिदै चासोक तङ्नाम मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चन्द्रकुमार सेर्मा, विशिष्ट अतिथि उपमेयर भोजकुमारी नेपाल र प्रशाकीय अधिकृत गीता कुमारी राईले मन्तव्य राख्नुभयो । सो कार्यक्रमको अध्यक्षता वडा नं. ७ का अध्यक्ष तथा नगर प्रवक्ता नविन इजमले गर्नुभयो भने स्वागत मन्तव्य जितेन्द्र चेम्जोङको रहेको थियो ।

यस्तै कार्यक्रममा गायिका सुनिता थेगिम र गायक जेपी नेम्बाङले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए । यसैगरी धान नाच, केलाङ नाच र लिम्बु जातीय खेलहरु पनि भएका थिए । बिहान ९ बजेदेखि बेलुका ११ बजेसम्म भएको सो कार्यक्रममा करिब ३ हजारको हाराहारीमा स्थानीय युवा युवतीहरुको उपस्थिति रहेको आयोजकका सन्तोष थेगिमले जानकारी दिए ।

भिडियो हेर्नुहोस :-

https://www.youtube.com/watch?v=S4e-TPqkSqE

सम्बन्धित खवर