क्रेजी साप्ताहिक
मोरङ । सांगीतिक क्षेत्रमा पूर्वेली टिपिकल गीतहरुको वेश बसाल्दै आएका गायक डम्बर नेपाली र दीपक लिम्बुले ‘याः राक्मा हौ सोल्टिनी ज्यू..’ सार्वजानिक गरेका छन् ।
गीतको म्यूजिक भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सार्वजनिक गरिएको हो । दुई मितको कथा बुनिएको यस भिडियोमा लिम्बुहरुको अर्घानिक संस्कृतिलाई प्रष्ट रुपमा देखाइएको छ । कान्छा बाजेको रचना र डम्बर नेपालीको संगीत रहेको यस गीतको भिडियोमा मोडल एलिजा तुम्बापो र गायकद्वय डम्बर र दिपकले जिवन्त अभिनय पस्केका छन् ।
एउटा टिपकल गाउँको कथामा तयार पारिएको यस भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन भने भूपेन्द्र तम्वाहाम्फले खिचेका हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस् :-