पथरीमा सपना रोका मगर सम्मानित हुने - Crazysaptahik.com

पथरीमा सपना रोका मगर सम्मानित हुने

क्रेजी साप्ताहिक
पथरी । नेपाल मगर संघ पथरी शनिश्चरे मोरङले माघे संक्रान्ती राष्ट्रिय पर्व २०७७ को अवसरमा सपना रोका मगरलाई सम्मान गर्ने भएको छ ।

माघ १ गते (भोलि) पथरी शनिश्चरेमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने संघका अध्यक्ष टंक राना मगरले जानकारी गराउनुभयो ।

नगर प्रमुख दिलिप कुमार राई (किशोर)को प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा बिबिसीको प्रभावशाली सय महिला २०२० को सूचिमा पर्न सफल सपना रोका मगरलाई सम्मान गरिने सचिव खगेन पुलामी मगरले जानकारी दिनुभयो । संघले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.