लर्डबुद्धद्वारा ज्येष्ठ सदस्यलाई आजीवन भत्ता वितरण - Crazysaptahik.com

लर्डबुद्धद्वारा ज्येष्ठ सदस्यलाई आजीवन भत्ता वितरण

क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे–२ मा अवस्थित लर्डबुद्ध साकोसले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्य भत्ता पेन्सन वितरण गरेको छ ।

साकोसले आफ्ना ७० वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुलाई ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वितरण गरेको हो । संस्थाले मासिक रु. ७ सय ५० का दरले ३ महिनाको जनही रु. २ हजार २ सय ५० रुपैयाँ वितरण गरेको हो ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री गोविन्द भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भण्डारीकै हातबाट १४ जना ज्येष्ठ सदस्यहरुलाई जम्मा रू.३१ हजार ५ सय वितरण गरिएको छ ।

संस्थाले वि.सं. २०७४ साल बैशाखदेखि आफेना ज्येष्ठ सदस्यहरुलाई आजीवन पेन्सन उपलब्ध गराउन प्रारम्भ गरेको हो । वि.सं. २०७४ सालभर मासिक रू. २ सय, २०७५ सालभर मासिक रू.४ सय, २०७६ सालभर मासिक रू. ६ सयका दरले उपलब्ध गराईएको भत्ता २०७७ बैशाखदेखि मासिक रू.७ सय ५० भएको हो ।

आजकै दिन सदस्यता नं. ३६२ का सेयर सदस्य रत्नकुमारी भट्टराईको जन्मदिनको अवसरमा केक काटी संस्थाले जन्मदिन मनाइदिएको छ । जन्मदिनको अवसरमा सु–स्वास्थ्य र दिर्घायुका कामनासहित संस्थाको तर्फबाट उपहार पनि प्रदान गरिएको साकोसका व्यवस्थापक गणेश बाछानाले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.