आयोजकलाई ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि - Crazysaptahik.com

आयोजकलाई ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि

क्रेजी साप्ताहिक
पथरी । आयोजक वाई.एफ.सी. पथरी शनिश्चरेले ५ औं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको उपाधि जितेको छ ।

योङ ब्रदर सिरिजंघा फुटबल क्लबलाई विहिबार २–० गोल अन्तरले हराउँदै आयोजकले उपाधि जितेको हो । विजयी टोलीका लागि २२ औं मिनेटमा वाई.एफ.सी.का विक्रम लिम्बुले फ्रिकिक मार्फत् गोल गरे । यस्तै निशान लिम्बुले ६६ औं मिनेटमा गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच आयोजकका विक्रम लिम्बु, वेष्ट गोलकिपर छिरिङ तामाङ, राइजिङ प्लेयर निरज परियार, वेष्ट फरवार्ड उमेश राई, वेष्ट डिफेन्स पदम भट्टराई, वेष्ट प्लेयर अफ द टुर्नामेन्ट नविन गुरुङ, वेष्ट कोच युवराज साम्पाङ भए । यस्तैगरी वेष्ट स्कोरर योङ ब्रदर सिरिजंघाका सन्तोष न्यौपाने र वेष्ट मिड फिल्डर राजकुमार कन्दङ्वा घोषित भए ।

विजेता टिमले नगद १ लाख १ हजार र उपविजेताले ५० हजार नगद सहिद ट्रफी प्राप्त गरे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.