दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो

इटालियन सिरी ए मा ठूला क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्स विजयी भएका छन् । लिग लिडर एसी मिलानले बोलोग्नालाई उसैको मैदानमा २-१ ले हरायो । एन्टे रेबिकको गोलमा एसी मिलानले पहिलो हाफमै अग्रता लिएको थियो ।

खेलको २६औं मिनेटमा प्राप्त पेनाल्टीमा ज्लाटन इब्राहिमोभिचको प्रहार गोलकिपर लुका सोप्स्कीले बचाए पनि पूर्ण क्लियर गर्न नसकेको बलमा रेबिकले गोल गरे । ५५औं मिनेटमा अर्को पेनाल्टी पाउँदा फ्रांक केसीले गोल गर्दा मिलानको अग्रता दोब्बर पारे ।

८१औं मिनेटमा आन्द्रे पोलीले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए । जितपछि मिलानले २० खेलबाट ४६ अंक जोडेको छ । यस्तै रोमेलु लुकाकको दुई गोल मद्दतमा दोस्रो स्थानमा रहेको इन्टरले बेनेभन्टोलाई ४-० ले पराजित ग¥यो । लुकाकुले ६७औं र ७९ मिनेटमा गोल गरे ।

यस्तै लाउटारो मार्टिनेजले ५७औं मिनेटमा गोल गरे । बेभेनभेन्टोका रिकार्डो एमप्रोटाले एक आत्मघाती गोल उपहार दिए । जितपछि इन्टरको २० खेलबाट ४४ अंक छ । साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ ।

युभेन्ट्का लागि २०औं मिनटमा फेडेरिको चिएसा र इन्जुरी टाइममा आन राम्सेले गोल गरे । जितपछि १९ खेलबाट ३९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको एसी मिलानभन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ तर एक खेल कम खेलेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.