टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको हिसाव सार्वजानिक - Crazysaptahik.com

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको हिसाव सार्वजानिक

क्रेजी साप्ताहिक
पथरी । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग २०७७ को हिसाव सार्वजानिक गरिएको छ । आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले आज (सोमबार) पथरीको सिन भिलेज पार्टी प्यालेसमा लिगको हिसाव सार्वजानिक गरेको हो ।

लिग सञ्चालनका लागि आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको थियो । जस अन्तर्गत वैदेशिक रोजगारमा गएकाहरुबाट ३ लाख ९३ हजार ५ सय, स्थानीय संघ संस्था तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार, ५ सय २५ रुपैयाँ, पथरी शनिश्चरे नगरपालिकाबाट रु. ४ लाख, ९२ हजार, ५ सय रुपैयाँ र मुख्य प्रायोजक तथा सह–प्रायोजकहरुबाट रु. ५ लाख ५० हजार रुपैयाँ आय विवरणमा उल्लेख गरिएको छ ।

यस्तै व्ययतर्फ १४ लाख, ८८ हजार ६ सय ७५ रुपैयाँ प्रतिवेदनमा उल्लेख छ । यसरी हिसाव प्रस्तुत गर्दा जम्मा २ लाख १५ हजार ८ सय ५० रुपैयाँ बचत रहेको आयोजक कमिटीका कोषाध्यक्ष श्रीहाङ राईले जानकारी दिए ।

हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका संयोजक संजिव गिरीले पथरी शनिश्चरे प्रिमियर लिग आगामी दिनमा अझ परिस्कृत भएर आयोजना गरिने जानकारी दिए । उनले भने –‘हामी यो लिगलाई अझ मजबुतका साथ अघि बढाउनेछौं, कमिटीमा व्यक्ति परिवर्तन होला तर लिग अझ स्तरीय आयोजना गरिनेछ ।’

यस्तै सोही कार्यक्रममा आयोजकले सञ्चारकर्मीहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए । फाइनलको दिन समय अभावको कारण मायाको चिनो प्रदान गर्न नसकिएकोले यस हिसाव सार्वजानिक कार्यक्रममा पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको लिगको सह–संयोजक बिकी राईले जानकारी गराए ।

हिसाव सार्वजानिक कार्यक्रममा आयोजक कमिटीका साथ पथरीका शैक्षिक अभियन्त तथा हाम्रो फाउन्डेसनका अध्यक्ष प्रदिपकुमार राईको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.