
फियोरेन्टिनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ईन्टरले फियोरेन्टिनालाई २-० ले पराजित गरेको हो ।
फियोरेन्टिनाको मैदानमा इन्टरलाई जिताउन निकोलो बरेला र इभान पेरिसिचले गोल गरे । खेलको ३१औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
५२औं मिनेटमा पेरिसिचले ईन्टरका लागि दोस्रो गोल गरे । जितपछि २२ खेलबाट ४७ अंक जोडेको ईन्टर शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै पारेको हो । एक खेल कम खेलेको मिलान ४६ अंकसहित दोस्रो स्थानमा छ ।

