१० अंकको अग्रता बार्यनलाई - Crazysaptahik.com

१० अंकको अग्रता बार्यनलाई

लिग लिडर बार्यन म्युनिखले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनलाई पराजित गर्दै १० अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा बार्यनले हेर्था बर्लिनलाई १-० ले पराजित गरेको हो ।

बार्यनको जितमा किङ्गसले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा गरेको गोल बार्यनलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

त्यसअघि १२औं मिनेटमा बार्यनका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितपछि बार्यनले दोस्रो स्थानको आरबी लाईपजिगमाथि १० अंकको अग्रता बनाएको छ । २० खेलबाट बार्यनले ४८ अंक जोडेको छ ।

एक खेल कम खेलेको आरबी लाइपजिगको ३८ अंक छ । हेर्था १७ अंकसहित १५औं स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.