सुकुम्बासीले लालपूर्जा पाउने कुरामा कांग्रेसको आशंका - Crazysaptahik.com

सुकुम्बासीले लालपूर्जा पाउने कुरामा कांग्रेसको आशंका

क्रेजी साप्ताहिक
पथरी । नेपाली कांग्रेस मोरङ पथरी शनिश्चरेले नगरमा ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समयको राजनीतिक खिचातानीले सुकुम्बासीले लालपूर्जा पाउने कुरामा आशंका उब्जिएको भन्दै सो ज्ञापन पत्र आइतबार बुझाएको हो ।

सरकार आफैं संसद बिघटन गर्ने अनि काम चलाउ सरकारले धमाधम नियुक्ती गर्दै काम अगाडि बढाउँदा पुर्जा वितरण गर्ने कुरामा आशंका रहेको नगर सभापति टेक बहादुर थापाले जानकारी गराउनुभयो । थापाको नेतृत्वमा नगरपालिका पुगेका नेताहरुले सुकुम्बासी समस्या समाधान हुने कुरामा अझै पनि शंका गर्ने पर्याप्त स्थान रहेको बताए ।

नगरदेखि वडा तहसम्म सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि बनाइएको समितिमा समेत राष्ट्रिय राजनीतिमा रहेका पार्टीलाई बेवास्ता गरेको धनकुमार तामाङले बताउनुभयो । तोकिएको मापदण्डमा समिति नबनाएर नेकपाले आफ्नो बल मिचियाइँ गरेको तामाङको भनाइ थियो । देशकै ठूलो र जटिल समस्याका रुपमा रहेको यस क्षेत्रको भूमी सम्बन्धी समस्या समाधान गर्न सबैको सहकार्य नभए असम्भव हुने सहभागीहरुले बताए ।

ऐलानी जग्गाको मात्रै नापी नगरेर दोहोरो स्वामित्वमा रहेको मुख्य समस्या भएको भन्दै सो विषयमा पनि गम्भिर हुन कांग्रेसले सुझाएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले आयोगको ढाँचा अनुसार नै कार्य अगाडि बढाएको बताउनुभयो । आयोगले तोकेअनुसारको काम नगरले गर्ने तर सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई पूर्जा दिने काम सरकारको भएको बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.