आयोजकलाई हराउँदै सगरमाथा क्लब सेमिफाइनल प्रवेश - Crazysaptahik.com

आयोजकलाई हराउँदै सगरमाथा क्लब सेमिफाइनल प्रवेश

क्रेजी साप्ताहिक
पथरी । भाउन्ने कप नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा सगरमाथा क्लब विराटचौक विजयी भएको छ ।

भाउन्ने युथ क्लव बेलबारीद्वारा आयोजित तेस्रो दिनको खेलमा सगरमाथा क्लब विराटचौकले आयोजक टिम भाउन्ने युथ क्लब निलोलाई ५–० गोल अन्तरले हराउँदै सगरमाथा विजयी भएको हो ।

खेलको निर्धारित समयसम्म ४–० को अग्रता लिएकोे सगरमाथाले अतिरिक्त सयममा फेरि एक गोल थपेपछि ० विरुद्घ ५ गोल गर्दै सगरमाथा सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको खेलको म्यान अफ दि म्याच विजेता टिमका विरेन्द्र लिम्बु घोषित भए । प्रतियोगिताको भोलिको खेलमा एपीएफ पकली सुनसरी र बी.एम. एकेडेमी बोराबन भिड्ने आयोजकले जानकारी दिएको छ ।

 

https://www.youtube.com/watch?v=5ltMKT8uEHs

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.