क्यारेमबोर्ड प्रतियोगिताको उपाधि शुकराज र जीवनलाई - Crazysaptahik.com

क्यारेमबोर्ड प्रतियोगिताको उपाधि शुकराज र जीवनलाई

क्रेजी साप्ताहिक
पथरी । प्रदेश स्तरीय क्यारेमबोर्ड प्रतियोगिताको उपाधि पथरी शनिश्चरे–९ शुक्रराज लिम्बु र जीवन मगरले आफ्नो पोल्टामा पारेका छन् ।

पथरी शनिश्चरे–१ मा स्थापित विशाल एकता समूहको आयोजनामा भएको खुल्ला नकआउट क्यारेमबोर्ड प्रतियोगिताको फाइनल खेल आज भएको हो । मनकामना सामुदायिक वनमा अवस्थित कटुसे कटेजमा भएको खेलमा प्रदेश नं. १ भरिका ५० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

५० प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बु र मगरले ट्रफी उचालेका हुन् । उनीहरुले नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे ।

यस्तैगरी दमकका सन्तबीर राई र साङ्गे तामाङ दोस्रो भए । उनीहरुले २० हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र हात पारे । उत्कृष्ट खेलाडी साङ्गे तामाङ घोषित भए भने दमकका मनि साम्पाङ राई अनुशासित खेलाडी घोषित भए ।

प्रदेशमा नै यो नयाँ किसिमको आयोजना गरिएको र क्यारेमबोर्ड खेलबाट पनि खेलाडीहरुलाई प्रोत्साहन गर्न सकिन्छ भनेर प्रतियोगिता गरिएको सचिव प्रेम बहादुर राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.