
फाइनलमा साविक विजेता नापोलीलाई ३-१ ले पराजित गर्दै एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । नापोलीको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि घरेलु मैदानमा भएको दवस्रो लेगमा ३-१ को जित हात पार्दै एटलान्टा समग्रमा ३-१ ले नै विजयी भएको हो ।
एटलान्टालाई जित दिलाउन माटेओ पेसिनाले दुई तथा डुभान जापाटाले एक गोल गरे । नापोलीका हिर्भिन लोजानोले एक गोल फर्काए । खेलको १०औं मिनेटमा जापाटा र १६औं मिनेटमा पेसिनाले गोल गरेपछि एटलान्टाले सुरुमै २-० को अग्रता बनाएको थियो ।
५३औं मिनेटमा नापोलीका लोजानोले गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर पेसिनाले ७८औं मिनेटमा व्यक्तिगत गोल गर्दै जित पक्का गरे । एटलान्टाले अब फाइनलमा युभेन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल १९ मे मा हुनेछ ।

