लगातार १५ औँ जीतसहित सिटीको फराकिलो अग्रता - Crazysaptahik.com

लगातार १५ औँ जीतसहित सिटीको फराकिलो अग्रता

लगातार १५ जीत हासिल गर्दै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता कायम गर्न सफल भएको छ । शनिबार सिटीले टोटनह्याम हटस्पर्सलाई ३–० ले पराजित गरेको हो ।

रोड्रीले पहिलो हाफमा पेनाल्टीबाट सिटीलाई अग्रता दिलाएपछि दोस्रो हाफमा इल्के गुन्डोगानले दुई गोल थप्दै सिटीलाई सहज दिलाए । सन् २०२१ मा गुन्डोगान युरोपका शीर्ष लिगहरु मध्ये सबैभन्दा धेरै गोल गरेका छन् ।

नयाँ वर्षयता उनले ९ गोल गरिसकेका छन् । जीतसँगै सिटीले पछिल्ला सम्भावित ४५ अंकमध्ये ४१ अंक बटुल्दै लिगको उपाधि होडमा आफूलाई अगाडि पार्न सफल भएको छ ।

उता स्पर्सले भने पछिल्ला १४ खेलमा १६ अंकमात्र बटुलेको छ । सबै प्रतियोगितामा स्पर्स पछिल्ला ५ मध्ये ४ खेलमा पराजित भएको छ र लिगको आठौँ स्थानमा सिमित बनेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.