
क्रेजी साप्ताहिक
पथरी । पथरी शनिश्चरे–१ मा अरोरा इन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि.को समुद्घाटन गरिएको छ । जापानिज भाषा अध्ययन गरी रोजगारीका लागि जापान जान चाहानेहरुका लागि भरपर्दो माध्यय अरोराको स्थापना भएको हो ।
जापानिज भाषा अध्यापन र जापान जानका लागि आवश्यक समन्वय गर्ने हेतुले अरोरा खुलेको निर्देशक बिजय तामाङले बताउनुभयो । तामाङले भन्नुभयो– ‘मोफसलबाट सर्वसुलभ मूल्यमा गुणस्तरीय जापानिज भाषा कक्षा संचालन गर्ने प्रतिबद्धता सहित यो कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको हो ।’
१० वर्ष जापानमा बसेर अध्ययन गरेका अनुभवी प्रशिक्षकहरुबाट जापानिज भाषा अध्यापन गराउने बताउदै कन्सल्टेन्सीका निर्देशक तामाङले विद्यार्थीलाई जापान जान आवश्यक (जे एल पिटिरएन ए टि) व्ीएत्रल्ब्त् (एन ३, एन ४, एन ५) ल्घ, ल्द्ध, ल्छ को कक्षा संचालन देखि लिएर भिषा अनुमोदनको कामसम्मका लागि कन्सल्टेन्सीले समन्वय गर्ने जानकारी गराउनुभयो ।

भाषा कक्षा पश्चात् अध्ययन वा रोजगारका लागि जापान लगायत अन्य देश जान आवश्यक कागजात तयारदेखि भिसा एप्लाइ सम्मको कार्य गरिदिने र सो वापतको सेवा शुल्क भने भिसा आएपछि मात्र बुझाउनु पर्ने बताउंदै कन्सल्टेन्सीको विश्वसनीयतामा कुनै शंका गर्नु नपर्ने बताए । कन्सल्टेन्सीले फागुन ६ गतेबाट नै जापानिज भाषा कक्षा सुरु गर्ने बताइएको छ ।
सो कन्सल्टेन्सीे उद्घाटन समारोहमा प्रमखु अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले रिवन काटेर उद्घाटन गर्नुभयो ।

