पुलिससँग आर्मी बराबरीमा रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन - Crazysaptahik.com

पुलिससँग आर्मी बराबरीमा रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन

 

विभागीय टोली एपीएफले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि जितेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई बराबरीमा रोकेपछि एपीएफले दुई खेल अघि नै उपाधि पक्का गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफका पुलिसले अग्रता कायम राख्यो । दोस्रो हाफमा आर्मी खेलमा फर्कियो । ५३ औं मिनेटमा रश्मि घिसिङले आर्मीको लागि बराबरी गोल फर्काइन् ।

इन्जुरी टाइममा पुलिसले पेनाल्टी पाएको थियो । तर कप्तान घिमकुमारी गुरुङको प्रहार पोष्टमाथिबाट बाहिरिएपछि पुलिस जितबाट वञ्चित भयो । पुलिस र आर्मीबीच यसअघि भएको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बराबरीपछि आर्मीको ११ खेलबाट २६ अंक भएको छ । १० खेलबाट ३० अंकसहित एपीएफ शीर्ष स्थानमा छ । एपीएफले अब दुवै खेल हारेपनि आर्मीले एपीएफलाई भेट्ने छैन । एपीएफले आजै विराटनगरसँग खेल्दैछ ।

अन्तिप खेलमा एपीएफ र आर्मी भिड्नेछन् । पुलिस ११ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक महिला फुटबल डबल लिगको आधारमा आयोजना गरेको हो ।

जसमा तीन विभागीय टोलीसँगै छनोट खेलेर आएका चार नगरपालिका टिमले खेलिरहेका छन् । नयाँ संरचनामा लिग आयोजना हुँदा एपीएफले उपाधि जितेको हो । यसअघि प्रदेश टिमहरु सहभागी हुँदा पछिल्लो दुई संस्करणमा एपीएफले उपाधि जितेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.