पोर्टोसँग युभेन्ट्स पराजित - Crazysaptahik.com

पोर्टोसँग युभेन्ट्स पराजित

इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्सलाई २-१ ले पराजित गरेको हो ।

पोर्टोका लागि मेहदी तारेमीले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको पोर्टोका लागि ४६औं मिनेटमा माउसा मारेगाले गोल गर्दै अग्रता दोबर पारे ।

दुई गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा एक गोल फर्कायो । ८२औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि गोल फर्काए पनि हार टार्न सकेन । अब दोस्रो लेग मार्च ९ मा युभेन्ट्सको मैदानमा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.