एट्लेटिको मड्रिड बराबरीमा रोकियो - Crazysaptahik.com

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो ।

१७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीपछि एट्लेटिकोले एट्लेटिकोले छिमेकी रियल मड्रिडसंग अंङ्कदूरी बढाउने अवसर गुमायो । २२ खेलबाट एट्लेटिकोको ५५ अंक छ । २३ खेल खेलिसकेको रिय ४९ अंकसहित दोस्रो स्थानमा छ । २२ खेल खेलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.