
धादिङ जिल्ला । धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीधादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीस्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन्।
धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयीधादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ ।
उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनीकेसीले ११६ रन मात्र बनायो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भए । यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो ।
यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।
बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवालले गरेका बलिङ र गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

