रुपन्देही सुपर लिगमा वेष्टर्न क्रिकेट क्लब विजयी - Crazysaptahik.com

रुपन्देही सुपर लिगमा वेष्टर्न क्रिकेट क्लब विजयी

बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्नले बुटवल युथलाई १० विकेटले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा वेष्टर्नकाअनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २\२ विकेट लिए । जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षतिविना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो ।

उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच घोषित भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यान बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.