क्रेजी साप्ताहिक
काठमाण्डौँ- पछिल्लो समयमा नेपाली चलचित्रकी ब्यस्त नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा सिक्न थालेकी छिन् । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्न थालेकी हुन् ।
केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको टिम बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ रजाली पुगेर भाषा र परिवेशबारे जानकारी लिएर काठमाडौँ फर्किएका थिए ।
बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलो पटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेली भएर अभिनय गर्ने भएकी हुन् ।
बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि त्यहाँको सुटिङ स्थल, भाषा, कला र संस्कृतिबारे स्थलगत जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको पत्रकार डिवि खड्काले जानकरी गराए ।
बाजुरेली भाषामा निर्माण हुने यो चलचित्रमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहनेछ भने बाजुराका मोडल राजेश पायललगायत स्थानीयहरुलाई चलचित्रमा अभिनय गराइने निर्देशक खनालले जानकारी गराए । चलचित्रलाई आउँदो वर्षको भदौमा रिलिज गर्ने तयारी रहेको चलचित्रका निर्देशक खनालले जनाए ।
बाजुरेली भाषामा निर्माण हुने सो चलचित्र भदौमा प्रदसन गर्ने उद्दयस्यले चैत्र महिनामा यसको सुटिङ गरिने पत्रकार खड्काले बताउनुभयो ।