भारतीय स्पिनर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट - Crazysaptahik.com

भारतीय स्पिनर चम्किँदा इंग्ल्याण्ड ११२ रनमै अलआउट

भारतीय स्पिनरहले उत्कृष्ट बलिङ गरेपछि तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको छ । अहेमवादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले ४८.४ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रन मात्र बनाएको हो ।

इंग्ल्याण्डलाई अलआउट गर्न भारतीय स्पिनरले कुल ९ विकेट लिँदा अक्सर पटेल एक्लैले ६ विकेट लिए । तेस्रो टेष्टमा इंग्ल्याण्डले ४ खेलाडी परिवर्तन गरेको थियो । जस मध्ये ओपनर ज्याक क्रावलेले अर्धशतक प्रहार गरे भने जोनी बेयर्स्टो खाता नखोली आउट भए ।

इंग्ल्याण्डका लागि जम्मा चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउँदा क्रावलेले सर्वाधिक ५३ रन बनाए भने कप्तान जोए रुटले १७, बेन फोएक्सले र जोफ्रा आर्चरले ११ रन जोडे ।

आर्चर र एन्डरसनले पनि तेस्रो टेष्टमा पुनरागमन गरेका हुन् । बेयर्स्टोसँगै अर्का ओपनर डम सिबले शून्यमा आउट भए । अक्सर पटेलले २१.४ ओभर बलिङ गर्दा ६ मेडन राख्द ३८ रन खर्चेर ६ विकेट लिए । यस्तै अर्का स्पिनर रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

एक सयौँ टेष्ट खेलिरहेका इशान्त शर्माले १ विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.