
ओडीआई र टी–२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पठानले शुक्रबार सन्यास घोषणा गरेका हुन् । पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए ।
पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै पठानले सबे खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । पठानले भारतका लागि २००७ मा टी–२० विश्वकप र २०११ मा ओडीआई विश्वकप जितेका थिए ।
पठानले पछिल्लो पटक सन् २०१२ मा जोहानेसवर्गमा भारतका लागि खेलेका थिए । उनले २००७ देखि २०१२ सम्म भारतका लागि ५७ ओडीआई र २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेले ।
उनले सन् २००१–०२ को सिजन बारोडाका लागि खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । पठानले तीन पटक इन्डियन प्रिमियर लिग उपाधि समेत जितेका छन् । यस्तै भारतीय बलर रंगनाथ (आर) विनय कुमारले पनि शुक्रबारै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३७ वर्षीय बलर विनयले अन्तर्राष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । तीब्र गतिका बलर विनयले भारतका लागि १ टेस्ट, ३१ ओडिआई र ९ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

