युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने - Crazysaptahik.com

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने

युरोपा लिगको उपाधि दाबेदार दुई टिम म्यानचेष्टर यनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने भएका छन् । शुक्रबार युइएफएले सार्वजनिक गरेको ड्र अनुसार युनाइटेड र मिलान अन्तिम १६ मै खेल्ने भएका हुन् ।

युनाइटेडले पहिलो लेग घरेलु मैदानमा खेल्नेछ । यस्तै इंग्लिस क्लब आर्सनलले ग्रीक क्लब ओलम्पियाकोस र टोटनहमले क्रोएसियन क्लब डाइनो जाग्रेवसँग खेल्नेछ । स्कटिस क्लब रेन्जर्सले चेक रिपब्लिकन क्लब श्लाभिया प्रागसँग खेल्नेछ ।

यस्तै स्पानिस क्लब ग्रानडाले नर्वेजियन क्लब मोल्डे र भियारियालले युक्रेनी क्लब डाइनामो किभसँग खेल्नेछ । डच क्लब अयाक्सले स्विस क्लब योङ ब्वाइजसँग खेल्नेछ र इटालियन क्लब रोमाले युक्रेनी क्लब शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल मार्च ११ र दवस्रो लेगको खेल मार्च १८ मा हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.