
क्रेजी साप्ताहिक
धरान । धरान १५ पुष्पलाल मार्गमा गत फागुन ९ गतेदेखि जारी क्या. भीम ब्याडमिण्टन स्पोर्टस लिगको उपाधि टिम ‘योगेन राई र रामचन्द्र राई’ले आफ्नो पोल्टामा पारेका छन् ।
टिम विकास श्रेष्ठ र एलबी लिम्बुलाई फाइनलमा २१–८ र २५–२३ को सेटमा हराउँदै टिम राईले उपाधि जितेको हो । जितसँगै ट्रफी, १२ सटल र २ थान जर्सी प्राप्त गरेका छन् । ट्रफी तथा सटल क्याप्टेन भीमबहादुर लिम्बुले हस्तान्तरण गरे ।
उपविजेता टिम विकास श्रेष्ठ र एलबी लिम्बूले ६ सटल प्राप्त गरे । उपविजेतालाई सटल जनक बस्नेत र ललित लिम्बूले हस्तान्तरण गरे ।प्रतियोगितामा टिम जनक बस्नेत र राजु रनपाली सान्त्वना बने । प्रतियोगितामा १८ टिमको सहभागिता थियो । ‘ए’ र ‘बी’ पोलमा विभक्त ९ र ९ टिमको स्पर्धा रहेको थियो ।
प्रतियोगितालाई क्या. भीमबहादर लिम्बु (मामा), जनक बस्नेत, ललित लिम्बु, योगेन राई तथा तेजबहादुर लिम्बुले सहयोग गरेका थिए । कोरोनाको महामारीका कारण बाह्य गतिविधि नभएका बेला शरीरको आत्मबल बढाउन ब्याडमिण्टन खेलका लागि क्या. भीमबहादुर लिम्बूको प्लटमा कोर्ट निर्माण गरिएको थियो ।
कोर्ट निर्माणको लागत सबै खेलाडीले सहयोग पु¥याएका छन् । आगामी दिनमा आयोजना हुने दोस्रो प्रतियोगितामा क्या। ललित लिम्बूले सम्पूर्ण खेलाडीलाई एकरएक थान जर्सी प्रदान गर्ने तथा जेबी स्टिल इण्डस्ट्रिज प्रालिका प्रोप्राइटर जनक बस्नेतले ४ वटा नेटपोस्ट दिएर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतियोगिता सफल बनाउन योगेन राई र तेजबहादुर लिम्बूले महत्वपूर्ण भूमिका निर्वाह गरेको क्याप्टेन भीमबहादुर लिम्बूले बताए । प्रतियोगिता सुरु गरेकै दिन ‘क्याप्टेन भीम ब्याडमिण्टन स्पोर्ट क्लब’ समेत स्थापना भएको छ ।

