
इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा हेलास भेरोनाका एन्टोनियो बाराकले बराबरी गोल फर्काउँदै युभेन्ट्सलाइ जितबाट बन्चित गराए ।
यस बराबरीपछि युभेन्ट्स लिग लिडर इन्टरभन्दा ७ अंकले पछि परेको छ । २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा यथावत छ । समान खेलबाट ५३ अंकसहित इन्टर पहिलो र ४९ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।
भेरोना ३५ अंकसहित नवौं स्थानमा छ ।

